दमक/झापाको दमकमा बुधबार आफ्नै छोराले कुटेर बाबुको हत्या गरेकाछन् ।

छोराको कुटपीटबाट गम्भिर घाइते बनेका राजन न्यौपानेको मृत्यु भएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक– ६ रातो पुल बस्ने छोरा विशाल न्यौपानेले घरायसी झगडामा बाबुलाइ कुटेका थिए ।

कुटपीटपछि गम्भिर घाइते ५८ बर्षिय बाबु राजनको छाती र टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

कुटपीटबाट गंभीर घाईते न्यौपानेलाइए नजिकै रहेको लाइफलाइन अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि न्यूरो लैजादै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

हत्याको अभियोगमा १८ बर्षिय छोरा विशाल पक्राउ परेकाछन् ।