दमक /झापाको दमकको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा नयाँ डाक्टर हाजिर भएकीछन् । डा.सुरक्षा बास्कोटा दमक अस्पातलमा हाजिर भएर काम थालेकीछन् ।
स्वास्थ्य मन्त्रालयले उनलाइ यहाँ पठाएको हो ।
बुधबार दमक नगरपालिका उपप्रमुख एवं अस्पताल सञ्चालक समिति अध्यक्ष गीता अधिकारी, अस्पतालका डा. सुर्यनारायण शाह लगायतले उनलाइ स्वागत गरेकाहुन् ।
दमक अस्पताललाइ सुविधा सम्पन्न र २४ सै घण्टा सहज सञ्चालनका लागि नगरपालिकाले प्रयास गरिरहेको बताइन्छ ।
दमक अस्पतालबाट बाडेगाउ प्राथमिक स्वास्थ्य केन्द्र ललितपुरमा सरुवा भइ जाने मेडिकल अधिकृत डा. प्रेक्षा झालाई केहि दिन अघि बिदाइ गरेको थियो ।











