दमक/झापाको दमकमा आउदो फागुन १ गतेदेखि पाँचौ फुड फेस्टिीबल तथा सास्कृतिक पर्यटन महोत्सव २०७५ हुने भएको छ । आज दमकमा आयोजना भएको पत्रकार सम्मेलनमा महोत्सवको बारे जानकारी दिदै २ सय स्टलहरु रहने जानकारी गराईएको छ ।

होटल ब्यवसायी संघका क्षेत्रिय अध्यक्ष राजन दंगालका अनुसार दमक ७ पशुहाट पुर्व रतुवा खोलाको किनारमा महोत्सव लाग्ने निश्चित बनेको हो । यहाँ खानाका परिकारका साथै अन्य ब्यवसयीक स्टलहरु रहनेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महोत्सव मुल आयोजक समिति संयोजक सुधिर प्रधानका अनुसार महोत्सवको तयारी तिब्र रुपमा अघि बढाईएकोछ ।

बिगतभन्दा यो पटक महोत्सव फरक हुने उनले दाबी गरेकाछन् ।  खानाका परिकारमात्र नभएर पटक खेलतमासा र अन्य मनोरञ्जन समेत महोत्सव दर्शकले लिन पाउनेछन् ।

महोत्सवले स्थानीय पर्यटन प्रवद्र्धन गर्ने भने आयोजकले दाबी गरेको छ ।

महोत्सव अवधिमा दमक नगरका होटलहरुमा खानमा १० र बसोबासमा २० प्रतिशत छुट समेत गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।