दमक/झापाको दमकमा आउदो माघ १७ गतेदेखि शुरु हुने बृहत प्रदेशस्तरीय बालमहोत्सवको तयारीलाइ दमक नगरपालिकाले आक्रमक रुपमा अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनको निश्चित भएकाले यसमा सहभागिता पनि ब्यापक हुने आँकलन गरिएको छ ।

बिद्यार्थीहरुले उद्घाटन शत्रमा आकर्षक परेड समेत देखाउनेछन् । यसको तयारी तिबं्र रुपमा भइरहेको पाईएको छ । बिहिबार सुर्योदय स्कूलमा परेडको निरीक्षण महोत्सव संयाजक एवं दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले गरिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महोत्सव बालबालिका र अभिभावक लक्षित भएकाले सबै अभिभावकहरुलाइ आफ्ना बालबालिकालाइ पठाउन तथा आफुहरु सहभागि हुन अधिकारीले आग्रह पनि गरेकीछन् ।