दमक/झापाको कमल गाउँपालिका ३ केर्खामा रहेको श्री शहिद धर्मभक्त माध्यमिक विध्यालयले आफ्नो ५० औ स्वर्ण महोत्सवको भब्य तयारी पुरा गरेको छ । महोत्सव समारोह सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

५० औ स्वर्ण महोत्सव समारोह मुल आयोजक समितीका संयोजक चक्र बहादुर गुरुङ्गका अनुसार स्मारिका प्रकाशनको काम देखि लिएर अन्य तयारीहरु समेत पुरा भएको छ । यसलाइ सफल बनाउनका लागि पुर्व बिद्यार्थीहरु समेत लागेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महोत्सव पुर्व बिद्यार्थी परिचालन उपसमितीसंयोजक शिव ढुङ्गेलले पुर्व बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहने छ । माघ १८ गते प्रधानमन्त्रि केपी ओलीको प्रमुख अतिथ्यतामा कार्यक्रम समापन गर्ने महोत्सव संयोजक गुरुङ्गले बताउनु भयो ।