दमक/स्थानीय तहमा सहकारी दर्ता सम्बन्धि अन्योलता कायम रहेपछि दमक नगरपालिकाले सहकारी ऐन, २०७४ को दफा १५० (२) को अन्तरिम व्यवस्था बमोजिम दर्ताको अधिकार नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतलाइ दिएको छ । नगरपालिकाको बोर्ड बैठकले कार्यकारी अधिकृत गणेशप्रसाद तिम्सिनालाइ यो अधिकार दिएको हो ।

रजिष्ट्रारले प्रयोग गर्ने सम्पूर्ण अधिकारहरु स्थानीय तहको हकमा सम्बन्धित तहको कार्यपालिकाले तोकेको अधिकारीले प्रयोग गर्ने छ भन्ने व्यवस्था रहेको तथा सहकारी संस्था दर्ता दिग्दर्शन, २०७४ (स्थानीय तह) बमोजिम गणेशप्रसाद तिम्सिाना दर्ता अधिकारी भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘स्थानीय तहको कार्यपालिकाले कार्यकारी अधिकृतलाई नै दर्ता गर्ने अधिकारी तोक्नु पर्नेछ भन्ने व्यवस्था भएको हुदा एक स्थानीय तहसम्म कार्यक्षेत्र भएका सहकारी संस्थाहरुको दर्ता, विनियम संशोधन लगायतका अधिकारहरु प्रयोग गर्ने गरी प्रमुख प्रशासकीय अधिकृतलाई सहकारी संस्था दर्ता गर्ने अधिकारी तोक्ने’ निर्णय भएको हो, एक कार्यपालिका सदस्यले भने ।