दमक/झापाको दमकको पुरानो शब्जि बजारमा हिजो अपरान्ह दुर्घटना भएको छ । ट्रकको ब्रेकफेल भएर दुर्घटना भएको जनाईएको छ ।
घटनामा एक महिला घाइते भएकीछन् । मे १ ख १३३९ नम्बरको ट्रकमा ब्रेक नलागेर दुर्घटना भएको हो ।
दुर्घटनामा दमक १ की पैदलयात्री इन्दिरा अधिकारी घाइते बनेर बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएको जनाइएको छ ।
ट्रकको ठक्करबाट एउटा टहरामा पनि क्षति भएको बताइन्छ । रोकेर राखेको स्कुटीमा समेत ट्रकले ठक्कर दिएको जनाइन्छ ।
ट्रक सहित ट्रक ड्राइभर प्रहरी नियण्त्रणमा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।










