दमक/मोरङको बिराटचौकबाट बिराटनगर तर्फ जाँदै गरेको ट्रिपरको ठक्करबाट ११ बर्षिया बालिकाको मृत्यु भएपछि उक्त क्षेत्र रणभुमिमा परिणत भएको छ । स्थानीयहरु आक्रोशित बनेकाछन् ।
११ बर्षिया बालिका लक्ष्मी ढकालको घटनास्थलमा नै ज्यान गएपछि स्थानीयले उक्त सडकमा कुद्ने ६ वटा ट्रिपर र एउटा ट्रक जलाएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले भिड नियण्त्रणमा लिन सकेको छैन । सडकमा नै वालिकाको शव राखेर स्थानीयले प्रर्दशन गर्दै आएकाछन् ।
सयौ प्रहरी परिचालन भएपनि आक्रोशित समुहलाइ नियण्त्रण हुन नसकेको हो ।
माथिबाट बल प्रयोग नगर्न आदेश आएको घटनास्थलमा संलग्न प्रहरी श्रोतले जनाएको छ ।
स्थानीय र प्रहरीबीच घम्साघम्सि भने चलिरहेको प्रत्यक्षदर्शीहरुले जनाएकाछन् ।











