मोरङको बिराटचौकबाट बिराटनगर तर्फ जाँदै गरेको ट्रिपरको ठक्करबाट ११ बर्षिया बालिकाको मृत्युपछि तनाव सिर्जना भएपछि प्रशासनले कफ्र्यू जारी गरेको छ । कर्फ्युको प्रवाह नगरी स्थानीयहरु सडकमा आउने क्रम नरोकिएको बताइन्छ ।

ढकालको मृत्युपछि आक्रोशित भएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिन नसकेपछि केहिबेर अघि सुन्दरहरैंचामा प्रशासनले निषेधाज्ञा जारी गरेकोहो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहान ११ बजेदेखि पूर्वपश्चिम राजमार्गको विराटचोकदेखि दक्षिण बेलेपुरसम्म विराटचोक–विराटनगर सडक खण्डमा लगाइएको निषेधाज्ञा (कर्फ्यु) को अवज्ञा भएपछि अवस्था सामान्य पार्न झनै समस्या भएको बताइन्छ ।

कर्फ्युमा गोली हान्ने अधिकार प्रहरीमा रहन्छ ।