दमक/झापा दमकका ब्यवसायी तथा बैकका ऋणीहरुले बैकको ज्यादती बिरुद्ध आन्दोलनको तयारी गरेकाछन् । उनिहरुले सम्झौता विपरीत जानकारी नदिइकन समेत ब्याज बढाएको जनाउदै आन्दोलनको तयारी गरेकाहुन् ।

दमक उद्योग बाणिज्य संघले नै आन्दोलनको नेतृत्व गर्न लागेको बताइएको छ । अध्यक्ष राजेन्द्र ढकाल, बरिष्ठ उपाध्क्ष बिमल खतिवडा, उपाध्यक्ष युवराज घिमिरेले सामाजिक सञ्जाल फेसबुक मार्फत पीडितहरुको संघको कार्यालयमा भोली २ बजे भेला बोलाएको जनाएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संघका बरिष्ठ उपाध्यक्ष खतिवडाका अनुसार ब्यापारीहरु ब्यवसाय बन्द गर्नु पर्ने अवस्थामा आइपुगेको छ । ९ प्रतिशत ब्याज भनेर लिएको ऋणको ब्याज अहिले १४ प्रतिशतसम्म बैकले असुलीरहेको उनले बताए । बाणिज्य संघ यस विरुद्ध उत्रन्छ र ब्यवसायीलाइ पलायन हुने अवस्थाबाट जोगाउन लाग्छ, खतिवडाले भने ।

दमक उद्योग बाणिज्य संघले ब्यवसायीहरुको भेला नै बोलाएको छ । यस्तो छ संघको सूचना

दमक उद्योग वाणिज्य संघको सुचना व्यवसायी हरुले थेग्न नसक्ने गरि बैकहरुले बृद्धि गरेको वैक ब्याजदर का सम्वन्धमा भोली मिति २०७५ साल माघ १५ गते मंगलवारका दिन दिनको १ बजे बृहत छलफल कार्याक्रमको आयोजना गरेको हुदा सम्पुर्ण उद्यमी व्यवसायी तथा सरोकार वाला सवैमा उपस्थितिका लागि हार्दिक अनुरोध छ ।  स्थान ः दमक उद्योग वाणिज्य संघको सभाकक्ष