भोली देखि दमकमा शुरु हुने बृहत बाल महोत्सवको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली आउदैछन् । प्रधानमन्त्री ओलीले महोत्सव उद्घाटन गर्ने भएकाले यसको तयारीमा प्रशासनिक तथा सुरक्षा संयन्त्र समेत परिचालित भएको छ ।

प्रधानमन्त्रीको नीजि सचिवालयका अनुसार प्रधानमन्त्री ओली भोली बिहान साढे ११ बजे दमक आई पुग्ने छन् । बाल महोत्सवको उद्घाटन पछि उनी कमल–३ को सहिद धर्मभक्त माविमा हुने स्वर्ण महोत्सव समारोहमा पुग्ने जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यहाँ उनी १ देखि २ बजे सम्म रहने छन् भने अपह्रान्ह ३ बजे भद्रपुर स्थित मेची नदीको पुल उद्घाटन गर्ने कार्यतालिका छ । सोहि दिन साँझ ५ बजे उनले भद्रपुर बिमानस्थलबाट हुने रात्रीकालिन उडानको उद्घाटन गर्ने जनाईएको छ ।

हिजो प्रदेश १ का आन्तरीक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, प्रदेश प्रहरी प्रमुख केदार रिजाल, झापा प्रहरी प्रमुख भिमप्रसाद ढकाल, प्रदेश ट्राफिक प्रहरी प्रमुख रविकुमार पौडेल, लगायतले कार्यक्रम स्थल दमक–९ को सरस्वती मािवको प्राङ्गण अवलोकन गरेका छन् ।

नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख तथा बालमहोत्सव मूल समारोह समिति संयोजक गीता अधिकारी लगायतले हाल सम्मको तयारीको अवस्था, उद्घाटन कार्यक्रम लगायतका बिषयमा आज पत्रकार सम्मेलन गरेर जानकारी दिदैछन् ।