दमक/दमकका पुराना ब्यवसायी एवं सामाजिक अगुवा इन्द्र पाठकको निधन भएको छ ।
उनि काठमण्डौको अन्नपुर्ण अस्पतालमा उपचाररत रहेका थिए । उनको अहिले बुधबार दिउसो १२ बजे निधन भएको हो ।
उनको शव आज बेलुकासम्ममा दमक ल्याइ पुर्याइने बताईएको छ । उनि केहि समययता अस्वस्थ रहेका थिए ।
दमक उद्योग बाणिज्य संघका पुर्व उपाध्यक्ष एवं जनआन्दोलन भाग २ मा नागरिक समाजको अगुवाको रुपमा आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए ।
भोली विहान पाठकको शव कन्काइमा दाहसंस्कार गरिने कार्यक्रम रहेको पारिवारिक श्रोतले बताएको छ ।











