विष्णुप्रसाद पोखरेल

दमक/‘वालमैत्री स्थानीय सरकार, हामी सवैको सरोकार’ भन्ने मूल नारा सहित आज विहिबार देखि दमक नगरपालिकाको आयोजनामा दमकको सरस्वती माबिको मैदानमा हुने बृहत् वाल महोत्सवको सबै तयारी पुरा भएको जनाईएको छ । महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिगत बर्षहरुमा दमकमा भएका वाल भेलामा वालवालिकाको चाहना, वालमहोत्सवको भएकाले पनि नगरपालिकाले यसलाई प्राथमिकतामा राखेको बाल महोत्सव मुल आयोजक समिति संयोजक समेत रहेकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताएकीछन् ।

उनका अनुसार वालवालिकालाई वातावरणीय परिवर्तन र त्यसले वाल मानसपटलमा पार्ने असर, (मानव स्वास्थ्यमा पार्ने असर) वालमैत्री स्थानीय शासनमा वालवालिकाको भूमिका, वाल प्रतिभा प्रस्फुटन, मनोरञ्जनात्मक क्रियाकलाप, वाल प्रतियोगिता सञ्चालन जस्ता कुराहरुलाई महोत्सवमा समेटिएको छ ।

वालवालिकासँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुको प्रत्यक्ष संलग्नतामा प्रदेशीक स्तरकै वालवालिकाहरुको क्षमता विकासलाई ध्यानमा राखेर यो बर्ष दमक नगरपालिकाको आयोजनामा वृहत वाल महोत्सव, २०७५ सञ्चालन गर्न लागिएको हो, बुधबार पत्रकार सम्मेलन गर्दै अधिकारीले भनिन् ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले महोत्सवलाइ भब्य बनाउन नगरपालिकाले सबै शक्ति लगाएको बताए । उनले महोत्सवले बालबालिकाको क्षेत्रमा नयाँ आयाम ल्याउने समेत बताए ।

नगर उपप्रमुख अधिकारीले जारी गरेको प्रेस बिज्ञप्ति यस्तो छ-

बृहत वालमहोत्सब–२०७५,दमक, झापा

प्रेश नोट

मिति  २०७५/१०/१५

उपस्थित सम्पूर्ण पत्रकार मित्रहरु,

‘वालमैत्री स्थानीय सरकार, हामी सवैको सरोकार’ भन्ने मूल नारा सहित यही माघ–१७ गते देखि दमक नगरपालिकाको आयोजनामा बृहत्वाल महोत्सव हुन लागेको यहाँहरुलाई जानकारीनै छ । सवै क्षेत्रको सहयोग, समन्वय र सहकार्यमा महोत्सवका उद्घाटन अघिका सम्पूर्ण तयारी पूरा भएको छ महोत्सवको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले उद्घाटन गर्ने समेत सुनिश्चित भएको छ ।

बिगत बर्षहरुमा दमकमा भएका वाल भेलामा वालवालिकाको चाहना, वालमहोत्सवको भएकाले पनि नगरपालिकाले यसलाई प्राथमिकतामा राखेको हो। वालवालिकालाई वातावरणीय परिवर्तन र त्यसले वाल मानसपटलमा पार्ने असर, (मानव स्वास्थ्यमा पार्ने असर) वालमैत्री स्थानीय शासनमा वालवालिकाको भूमिका, वाल प्रतिभा प्रस्फुटन, मनोरञ्जनात्मक क्रियाकलाप, वाल प्रतियोगिता सञ्चालन जस्ता कुराहरुलाई समेत समेट्दै झापा जिल्ला भरिका स्थानीय तह, शिक्षक महासंघ, शिक्षक संघ र संगठन, प्याब्सन, एन.प्याब्सन,हिसान, ईस्टु,सामुदायिक विद्यालय, संस्थागत बिद्यालय, वालक्लव लगायत वालवालिकासँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुको प्रत्यक्ष संलग्नतामा प्रदेशीक स्तरकै वालवालिकाहरुको क्षमता विकासलाई ध्यानमा राखेर यो बर्ष दमक नगरपालिकाको आयोजनामा वृहत वाल महोत्सव, २०७५ सञ्चालन गर्न लागिएको हो । यसका लागि बिभिन्न समिति र उपसमितिहरु गठन गरिएकोमा यी सवै संयन्त्रहरुले चुस्त रुपमा कार्यसम्पादन गरेकै कारण महोत्सव उद्घाटनको तयारी अवस्थामा पुगेको हो ।

वाल महोत्सवको लक्ष्य

वालमैत्री स्थानीय शासनका लागि वाल सहभागिताको सूनिश्चित गर्दै, वाल सरोकारका बिषय लाई साझा अवधारणा बनाउने ।

वाल महोत्सवको उदेश्य

 वालवालिकामा लुकेर रहेको प्रतिभा बाहिर ल्याउनु

 वालवालिकाहरुलाईपुनर्ताजगी गराउदै आफु भित्रको क्षमता आफैं पहिचान गर्न उत्साहित गर्नु ।

 वालवालिकाहरुलाई मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी गराउनु

 वालमैत्री स्थानीय शासनको अवधारणालाई मूर्तरुप दिँदै सिङ्गो झापा जिल्लालाई वालमैत्री जिल्ला घोषणाका लागि जग निर्माण गर्नु ।

 वाल प्रतिभाहरुको पहिचान गर्दै क्षमता विकासका लागि प्रोत्साहन तथा मार्गदर्शन गर्नु ।

 जोखिममा रहेका वाल वालिकाहरुको लागि कोष निर्माण गर्नु

बाल महोत्सवका आकर्षणहरु ः

१. वाल गायन प्रतियोगिता

२.वाल वक्तृत्वकला प्रतियोगिता

३. वाल चित्रकला प्रतियोगिता

४.वाल कविता प्रतियोगिता

५.वाल निवन्ध प्रतियोगिता

६.म्याथ ओलम्पीयाड प्रतियोगिता

७.हाजिरी जवाफ प्रतियोगिता

८.वालवालिकाद्धारा निर्मित विज्ञान प्रर्दशनी र प्रतियोगिता

९.स्थानीय संस्कृति झल्कने वालझाँकी प्रतियोगिता

१०.विभिन्न मनोरञ्जनात्मक खेल प्रर्दशनी

११.राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त वाल प्रतिभाहरुको प्रस्तुती

१२.वालवालिकाको उत्प्रेरणात्मक बिचारहरुको ९ःयतष्खबतष्यलब िक्उभभअज० प्रस्तुती

१३. व्यवसायिक स्टलहरुको प्रर्दशनी

१४. वृत्तचित्र, वाल चलचित्र प्रर्दशनी

१५. नृत्य प्रदर्शनी

यसका साथै बृहत्बाल महोत्सवमा जम्मा ५० ओटा स्टलको व्यवस्था गरिएको छ र ती मध्ये आधा संख्याका स्टलहरु वालबालिकालाई प्रत्यक्ष फाईदा पुग्ने प्रकारका स्टेशनरी, खेलकुदका सामग्री, लगायतका विषयहरु हुनेछन् भने केहि अन्य व्यवसाय, सहकारी तथा होटलसँग सम्बन्धित विषयहरु समेत रहनेछन् ।

बाल महोत्सवले समेटने क्षेत्र

 दमक नगरपालिकाको आयोजनामा सम्पन्न हुने वृहत वालमहोत्सव २०७५ ले प्रदेशका सबै जिल्लाहरु समेट्दै सहभागीका रुपमा देश भरिका वालवालिकाहरुलाई आमन्त्रण गरिएको छ भने करिव एक लाख वालवालिका तथा उनीहरुको अबिभावकको सहभागीता रहने अनुमान गरिएको छ । यस्तै बिभिन्न प्रतियोगिताहरुमा अनलाईन, विद्यालय, तथा वालक्लबहरु मार्फत सहभागिताका लागि फारम भर्न सक्ने व्यवस्था मिलाईएकोमा १००० भन्दा बढी वालवालिकाहरुले सहभागिताका लागि फारम भरिसकेका छन् ।

ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुकोप्रस्तुति

वाल महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु सत्यराज आचार्य, स्वरुपराजआचार्य, मनोज गजुरेल, राजेन्द्र पोख्रेल (राजा राजेन्द्र), विल्सन विक्रम राई (तक्मे बुढा), अशोक दर्जी, रमेश प्रसाई, रमेश भट्टराई (काग तथा चरा चुरुङ्गिको आवाज निकालेर प्रस्तुति गर्ने), सेड्रिना शर्मा, निलम ढुङ्गाना (एउटा खुट्टाले नृत्य गर्ने) लगायत अन्य स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिरहने छ ।

बाल महोत्सव संचालन हुने मिति, समय र स्थानः

मितिः २०७५ साल माघ १७, १८, १९, २० र २१ गते

समयः बिहान ९.०० बजे देखि बेलुका ५.०० बजे सम्म

उद्घाटन ः मिति २०७५ माघ १७ गते विहान ११ बजे

सरस्वती मा. वि. को प्राङ्गण, दमक ९, झापा ।

अन्त्यमा,

यस बृहत वाल महोत्सव सफलताका लागि सम्पूर्ण सञ्चारकर्मी मित्रहरुले हाल सम्म पुर्याउनु भएको सहयोग प्रति आभार व्यक्त गर्दै बाकी सम्पूर्ण कार्यक्रमका लागि पुनः लाई आफ्नो ठाउँबाट सहयोग, सहकार्य र समन्वय गरिदिनुहुन हार्दिक अनुरोध गर्दै यहाँहरु मार्फतनै बढी भन्दा बढी सहभागिता र सफलताको वातावरण बन्न सहयोग पुग्ने अपेक्षा समेत गरिएको व्यहोरा जानकारी गराउन चाहन्छनै ।

धन्यवाद ।।।

...................

गीता अधिकारी

संयोजक

बृहत वाल महोत्सव, २०७५

दमक, झापा