काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस पवित्र र राम्रो कामको लागि सहयोगी भूमिका खेल्न सधै तत्पर रहेको बताएका छन् ।

बुधबार धुर्मुस-सुन्तली फाउण्डेसनले भरतपुरमा बनाउन लागेको पहिलो अन्तर्रा्ष्ट्रिय रंगशाला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आज एउटा ठूलो संकल्प गरेको बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने,‘आज एउटा ठूलो संकल्प गरेका छौ। यसका लागि खुसी व्यक्त गर्न चाहन्छु। धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउने आँट गर्‍यो। नगरपालिकासँग सम्झौता गर्‍यो र हामीलाई एउटा परिकल्पनामा सहयोग पुर्‍यायो।’

उनले यो राष्ट्रिय गौरवको आयोजनाको काम सुरू भइसकेको भन्दै यसका लागि केही आधारभूत कुराहरू पुरा गरिसकेको जानकारी दिए।