दमक/झापा दमकका ब्यवसायीक तथा सामाजिक अगुवा इन्द्र पाठकको मृत्युको खबरले दमक नै स्तब्ध बनेको छ । दमकका ब्यवसायिक, सामाजिक तथा राजनीतिक अगुवाहरु सामाजिक सञ्जाल मार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेकाछन् ।
दमक उद्योग बाणिज्य संघका पुर्व उपाध्यक्ष, ग्याँस बिक्रेता संघ झापाका संस्थापक अध्यक्ष, होटल ब्यवसायी संघ झापाका संस्थापक अध्यक्ष समेत भएका उनि नागरिक समाज दमक गठन हुँदा समेत अग्रभागमा रहेका थिए ।
दमकका पुराना ब्यवसायी पाठक दमक ६ का स्थायी बासिन्दाहुन् । बुबा गणपति र आमा देबका देबी पाठकका साइला छोराको रुपमा जन्म लिएका पाठकको जन्म २०१३ साल असोज ९ गते भएको थियो ।
केहि समययता उनि अस्वस्थ रहेका थिए । बिरामीले धेरै च्यापेपछि उनलाइ उपचारका लागि काठमण्डौ लगिएको र बुधबार दिउसो १२ बजे ज्यान गएको आफन्तहरुले जनाएकाछन् । अन्नपुर्ण अस्पताल, बबरमहलमा उनि उपचाररत रहेका थिए । मृतक पाठकका १ छोरा र २ छोरी रहेकाछन् ।
होटल ब्यवसायी संघ दमकले आफ्नो आधिकारीक फेसबुकमा लेखेको छ-
होटल ब्यावसयी संघ,झापाको सस्थापक अध्यक्ष श्री इन्द्र पाठक ज्यु को असामहिक निधन प्रती हामी होटेल ब्यावसायी संघ परिवारलाइ स्तब्ध तथा मर्माहित बनायेकोले उहाको चिर आत्माको शान्तिको लागि भगवान पसुपतिनाथ सग कामना गर्दछौ।।।।।
होटेल ब्यावासायी संघ ।
दमक, परिवार ।










