दमक/प्रधानमन्त्री केपी शर्मा ओली दमकमा बृहत बालमहोत्सवको उदघाटन गरेकाछन् ।

ओलीले दिउसो डेढ बजे डिजिटल बोर्डमार्फत महोत्सवको उद्घाटन गरेकाहुन् । उनले बालमहोत्सव सफलताको शुभकामना दिदै वालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा कुनै कमी आउन नदिने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महोत्सवमा वालबालिकाहरुको उल्लेख्य सहभागिता रहेको छ ।

महोत्सव आयोजनाको औचित्यमाथि महोत्सव मुल आयोजक समिति संयोजक एवं दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले प्रष्ट पारेकी थिइन् ।

आजदेखि शुरु भएको महोत्सव २१ गतेसम्म सञ्चालन हुनेछ ।

https://www.youtube.com/watch?v=XRbDB1tnpsA&feature=youtu.be&fbclid=IwAR18nEghAIoOQyAql4ZijMSHLmuVN9_2-qNviDYT-vt00CSNPKzSwX1tCx8