विष्णुप्रसाद पोखरेल
दमक/२०७४ सालमा दमक नगरपालिकामा सम्पन्न गरिएको घरधुरी तथ्याङ्क संकलन बाट दमकको नयाँ जनसंख्या र घरधुरी सार्वजनिक भएको छ । ७०.८५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको २२ हजार ४ सय ४२ घरधुरीमा कुल ८६ हजार ८ सय ९० जनसंख्या रहेको छ ।
नगरपालिकाले सार्वजनिक गरेको नगर प्रोफाइल अनुसार लैङ्गिक अनुपात प्रति १ सय जना महिलाहरूमा पुरुषको जनसंख्या भने कम अर्थात् ८६.४६ प्रतिशत रहेको देखिन्छ । वडा नं. ५ मा सबै भन्दा धेरै बसोबास रहेको छ । सबैभन्दा कम घरधुरी वडा नं. १० मा रहेको छ ।
४० हजार २ सय ९० पुरुष र ४६ हजार छ सय महिलाहरू गरी कुल ८६ हजार ८ सय ९० जनसंख्या रहेको पाइएको हो । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत बालमहोत्सवमवमा बिमोचन गरेको नगर प्रोफाइलमा यो उल्लेख छ ।











