काठमाडाैँ- राष्ट्रिय चिकित्सा शिक्षा विधेयक विरुद्ध अनसरत डा केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा आवासीय चिकित्सकहरुले निकालेको ¥यालीमा प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरेको छ।
शान्तिपूर्ण प्रदर्शन गरिरहेका १७ जनालाई चिकित्सकहरुलाई प्रहरीले गिरफ्तार गरेकाे छ। प्रहरी हिरासतमा रेजिडेन्ट डाक्टर एसोसिएसनका अध्यक्ष डा सुमित पाण्डे, डा विशाल अग्रवाल, डा अमित शर्मा, डा बद्री अर्याल लगायतका १७ जना चिकित्सकहरुलाई प्रहरीले पक्राउ गरेको हाे।
पक्राउ परेका चिकित्सकहरुलाई नेपाल पुलिस क्लबमा राखिएको अभियान्ता प्रितिम सुवेदीले जानकारी दिएका छन्।
नेपाल चिकित्सक संघले अाज देशभरका सरकारी,निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ।










