काठमाडौं १८ माघ । अनशनरत डा. केसीकाे समर्थनमा अस्पतालकाे आकस्मिक बाहेकका सेवा ठप्प पारेका चिकित्सक तत्काल पछि नहटे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्वाही थाल्ने चेतावनी दिएकाे छ । चिकित्सक तथा स्वाथ्यकर्मीहरुले गरेका विभिन्न विरोधका कार्यक्रमलाई लिएर गत माघ १० गते नै मन्त्रालयले अपिल गरिसक्दा पनि अटेर गरेकाे भन्दै मन्त्रालयले विज्ञप्ति निकालेर पुन: एकपटक सचेत गराएकाे हाे ।
विज्ञप्तिमा स्वास्थ्य सेवा जस्तो संवेदनशील मानवीय जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सेवामा अवरोध हुन नदिन मन्त्रालय गम्भिर भएको उल्लेख गरिएकाे छ । सेवामा नर्फकिए अत्यावश्यक सेवा संचालन ऐन, २०१४ बमोजिम कारवाही प्रक्रिया अघि बढाउन मन्त्रालय बाध्य हुने चेतावनी दपइएकाे हाे ।
नेपाल चिकित्सक संघले आज देशभरका सरकारी निजी, गैरसरकारी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सेवा ठप्प पारेपछि मन्त्रालय अाक्राेशित भएकाे हाे । संघका आजीवन सदस्य प्रा.डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै एनएमएले देशैभरका स्वास्थ्य संस्थामा सेवा ठप्प पारेको हो । जसले गर्दा उपचार गर्न अस्पतालसम्म पुगेका बिरामी अलपत्र परेका छन् ।











