दमक/झापाको कमल गाँउपालिका पाडाजुंगी गौरीगन्ज सडकको दहिचोकमा हिजो बेलुका भएका दुर्घटनामा परेर गम्भिर घाइते भएका एक मजदुरको मृत्यु भएको छ ।

कमल वडा नं ६ दहिचोक नजिक सोनापुरमा स्थानीय राइसमीलमा कार्यरत मजदुरलाइ अधिक गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको थियोे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

को १६ प १६०६ नम्बरको मोटरसाइकलले ठक्कर दिएका सुरज रिसीदेबको टाउको र अनुहार क्षतबिक्षत भएको अवस्थामा स्थानीयले उद्धार गरेर अस्पताल पुर्याएका थिए ।

उनको बेलुका नै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घर मोरंगको दर्बेसा भएको जनाईएको छ ।

मोटरसाइकल चालक पनि गम्भिर घाइतेछन् ।