दमक/झापा र बिशेष गरेर दमक एवं आसपासको क्षेत्रमा टिपरबाट ज्यान बचाउन मुश्किल हुने थालेको छ ।
डालाभन्दा माथि ढुंगा, बालुवा बोकेर हिड्ने र तिब्र गतिमा कुदाउनाले यस्तो अवस्था आएको हो ।
राजनीतिक रुपमा पहुच देखाउने र सबैलाइ मिलाएका कारण आफुहरुलाइ कसैले रोक्न नसक्ने टिपर सञ्चालकहरुको अहमताले ट्राफिक नियमको समेत धज्जि उडाउदै टिपर सञ्चालन हुदै आएकाछन् ।
पानी चुहाउदै र बालुवा सडकमा झार्दै निर्वाध रुपमा टिपर चलिरहेकाछन् । त्रिपालले छोपेजस्तो गर्ने तर त्यो आँखा छल्नलाइ मात्र गरेको पाइन्छ ।
त्यसका प्रशस्त फोटाहरु सवालनेपालसंग सुरक्षितछन् ।
निर्माण सामग्री ढुवानी गर्ने टिपर तीव्र गतिमा हुइँकिने गर्छन् ।
चालकले प्रत्येक टिपअनुसार रकम पाउने तथा जति बढी ओसा¥यो सोहीअनुुसारको आम्दानी हुने गर्दा यसलाई तीव्र गतिमा गुडाउने गरेको बताइन्छ ।
प्रहरीले भने यसको संरचनालाई समेत दोष दिने गरेको छ । टिपरको संरचनाले गर्दा चालकलाई नजिकै वा अगाडिको वस्तु देख्न केही कठिन हुने गरेको छ भने टिपरहरू नेपालको सडकमैत्रीसमेत नहुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
चालकका अनुसार यसको संरचनाका कारण दाँयातर्फ बसेर सवारी चलाउँदा बायाँ साइडमा देख्न निकै कठिन हुन्छ ।
नजिकैको दुरीमा एक्कासि मोटरसाइकल तथा पैदलयात्री आउँदा नदेखिने तथा तीव्र गतिका कारण नियन्त्रण गर्न नसक्दा दुर्घटना हुने गरेको बताइन्छ ।
यसमा चालकले सावधानी नअपनाउने गर्दा आकस्मिक रूपमा हुने दुर्घटनाको जोखिमलाई समेत घटाउन चुनौती देखिएको प्रहरीले जनाएको छ ।











