झापा/झापाको दमकमा माघ १७ गतेदेखि शुरु भएको प्रदेश स्तरीय बाल महोत्सव आज समापन भएको छ । करिब ४ हजार विधार्थी बिभिन्न प्रतियागीता तथा प्रर्दशनीमा प्रत्यक्ष सहभागिता जनाएको र ४० हजारभन्दा बढिले अवलोकन गरेको बताईएको छ ।

कार्यक्रममा समापन समारोहका प्रमुख अतिथि प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अन्य मेला तथा महोत्सवमा खेल तमसा, जुवा खेलाएर गरिन्थ्यो भने प्रधानमन्त्रीको क्षेत्रमा यस पटक फरक तरिकाले ज्ञानबद्र्धक र उपलव्धी मुलके महोत्सव लगाएको भन्दै प्रशंशा गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री कार्कीले महोत्सवले बालबालिको शिप, क्षमता अभिबृद्धिमा ठूलो टेवा दिएको बताउदै यस प्रकारको महोत्सवको महत्व बिशिष्ठ हुने उल्लेख गरे ।

महोत्सवको अन्तिम दिन सोमबार चित्रकला, नृत्य, गायन, हाजिरीजवाफ, बतृत्वकला, म्याथ ओलम्पियाड, कविता लेखन, निवन्ध लेखन, बक्तृत्वकला प्रतियोगिताका बिजयहरु पुरस्कृत गरिएको थियो ।

दमक नगरपालिको आयोजनमा भएको पहिलो प्रदेश स्तरीय बाल महोत्सव सफल र उपलव्धीपूर्ण भएको महोत्सव संयोजक समेत रहेकी दमक नगरपालिकाकी उपमेयर गिता अधिकारीले बताइन ।

महोत्सव उपलब्धि मुलक भएको छ र सफल रुपमा सम्पन्न भएको छ, अधिकारीको भनाइ थियो ।

नगरपालिका प्रमुख रोमनाथ ओलीले वालमैत्री स्थानीय शासन स्थापनाका लागि यसले सझा धारणा बनाउन सहयोग पुगेको बताए । उनले यो महत्वसले देशब्यापी रुपमा विशेष अर्थ राखेको पनि जनाए ।

प्रतियोगितामा सहभागी हुन झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, पाँचथर लगायतका जिल्लाका विभिन्न विधालयबाट विधार्थीहरुको उपस्थिति रहेका थिए । महोत्सव प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए