माण्डु, २२ माघ – काठमाण्डुको थापाथली प्रसूती गृहकी डा. बबिता शाहकी छोरीलाई अपहरण गर्नै अपहरणकारी अपहरणकारी पक्राउ परेका छन् । बालिका अपहरणपछि फरार रहेका मुख्य अभियुक्त धनुषाका मनिषकुमार गुप्ता पक्राउ परेका हुन् ।
उनलाई सोमबार झापाको विर्तामोडबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका एसपी अशोक सिंहले जानकारी दिए ।
यही माघ ११ गते साहकी दुई वर्षीया छोरी सन्विज्ञाको अपहरण भएको थियो । अपहरणपछि प्रहरीले सोही दिन बालिकाको सकुशल उद्धार गरेको थियो । मनिषले बालिकाको अपहरण गरेपछि फिरौती मागेका थिए । बालिकाको परिवारले आईएमईमार्फत जनपुरमा फिरौती रकम पठाएको सो रकम मनिषकी पत्नी अर्चेनाकुमारी गुप्ताले झिकेकी थिइन् ।
अपहरणकारीले बालिकालाई काठमाण्डुको तिलगंगामा छोडेर भागेका थिए । घटनापछि फरार रँदै आएको अभियुक्त गुप्ता पक्राउ परेका हुन् । अपहरणमा संलग्न भएको आरोपमा मनिषकी श्रीमती अर्चेनाकुमारी यसअघि नै पक्राउ परिसकेकी छिन् । हाल उनलाई काठमाण्डु महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
पक्राउ परेका मनिषलाई मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने एसपी सिंहले जानकारी दिए ।











