विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा भ्यू टावर बन्ने निश्चित बनेको छ । लामो समयदेखि भ्यू टावर बन्ने बताइएपनि प्रक्रिया शुरु नभएको भन्दै यसको चर्को बिरोध हुँदै आएको थियो ।
पछिल्लो समयमा भ्यू टावर निर्माणको विरोध समेत शुरु भएका थिए ।
दमकको एउटा प्रमुख पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नका लागि ब्यवसायीक प्रयोजनको भ्यू टावर बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले ३ बर्ष अघि नै घोषणा गरेका थिए ।
जग्गा प्राप्ती लगायतका बिषयमा कुरो टुंगोमा नपुगेका कारण ढिलाइ भएको बताइदै आएको थियो ।
भ्यू टावर निर्माणका लागि बोलपत्र आह्वान भएसंगै यो निर्माणको काम शुचारु हुने निश्चित बनेको हो ।
भ्यू टावर निर्माणको बोलपत्र आह्वान भएपछि स्थानीयहरु उत्साहित भएकाछन् भने आसपासमा जग्गाको कारोबार गर्नेहरु हौसिएकाछन् ।











