दमक/गौरीगन्ज गाँउपालिका वडा नं. १ महाभारास्थित एक नीजि विद्यालयलाइ लक्षित गरेर विष्फोटक पदार्थ राखिएपछि विद्यार्थी तथा अभिभावकहरु त्रसित भएकाछन् । बुधबार दिउसो घाँस काट्न जाने क्रममा स्थानीयले स्कूलसंगै रहेको बाँसघारीमा शंकाश्पद बस्तुदेखि प्रहरीलाइ खबर गरेका थिए ।
न्यू युनिभर्सल एकेडमीको पर्खालकै छेउमा शंकाश्पद बस्तु फेला परेपछि विद्यार्थीहरुलाइ तत्कालै घर पठाइएको विद्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख कैलाश राइका अनुसार शंकाश्पद वस्तु देखिएपछि तत्काल नेपाली सेनाको वम डिस्पोजल टोलीलाइ खबर गरिएको थियो ।
साँझ साढे ५ बजे विस्फोटपदार्थ निष्क्रिय बनाईएको प्रहरीले जनाएको छ । दिउँसोदेखि नै शंकाश्पद वस्तुलाइ प्रहरीले घेरा हालेर वसेको थियो । शंकाश्पद वस्तु फेला परेको भन्नसाथ हामी त्यहाँ तत्कालै पुगेर आसपासमा शंकाश्पद गतिविधिलाइ निगरानी समेत गरेका थियौ, राइले भन्नुभयो ।
सेतो कागजमा हातले लतपत बनाएर लेखिएको प्रचा फेला परेको छ, यसको विषयमा अनुसन्धान गर्दैछौ, राइले भन्नुभयो । कुन र कस्तो समुहले त्यो प्रचा लेखेको भन्ने प्रहरीले खुलाएको छैन । उक्त प्रचारमा धम्कि पुर्ण भाषा प्रयोग गरेर वम राखिएको उल्लेख रहेको श्रोतको भनाइ छ । विद्यालय श्रोतका अनुसार एक समुहले केहि दिन अघि आएर चन्दा माग गरेको थियो । प्रहरीले भने अनुसन्धान भइरहेको जनाएको छ ।










