बाराको सिमराबाट झापा आउने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले पत्नी कोमलको स्वास्थ्यमा समस्या आएकोले ठाउँ–ठाउँमा आयोजित स्वागत कार्यक्रममा बुधबार सर्वसाधरणसँग भेट्न नसकेको भन्दै गुनासो गरेका छन्।
सिमराबाट ३२१ किलोमिटर सडकमा आफैं सवारी चलाएर पूर्वराजा ज्ञानेन्द्र झापा आएका थिए। लहानदेखि ज्ञानेन्द्र पत्नी कोमललाई समस्या देखिएको शाहका सहयोगी फणिराज पाठकले बताए। उनका अनुसार सर्वसाधरणसँग भेटघाट र कुराकानी गर्ने कार्यक्रम तय गरिए तापनि पूर्वरानी कोमलको स्वास्थ्यमा आएको खराबीले सबै कार्यक्रम रद्ध गरिएको हो।
पाठकले भने, ‘सर्वसाधरणसँग भेट नगर्ने त कुरै आउँदैन नि।’ लामो बाटो र थकान भए पनि पूर्वरानी कोमलको स्वास्थ्यमा समस्या नदेखिएको भए इटहरी, विराटचौक र दमकको चिया बगानको प्रवेशद्वार लगायतका स्वागतका कार्यक्रममा उहाँ सरिक हुनुहुन्थ्यो।’
https://youtu.be/tNUoiIPcSwYस्वागत कार्यक्रममा सहभागी हुन नसकेकोमा शाहले दुःख मानेको पाठकले बताए। शाहले समय मिलाएर सर्वसाधारणसँग भेट्ने बताएका छन्। उनी केही समय दमकको मिनी दरबारमा बस्नेछन्।सेतोपाटी










