दमक/उर्लाबारीमा राष्ट्रपति आउने भनेर लामो समयदेखि तयारी गरिएपनि अन्तिम समयमा उनि नआउने भएकीछन् ।
राष्ट्रपति बिद्यादेबी भण्डारी उर्लाबारी ६ को राधिका माध्यमिक बिद्यालय र कानेपोखरी गाउँपालिकामा रहेको जनसेवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा सहभागिता जनाउन आउने कार्यक्रम रहेको थियो ।
मौसम खराव भएका कारण अन्तिम समयमा आएर राष्ट्रपति भण्डारीको कार्यक्रम रद्ध भएको श्रोतले बताएको छ ।
विहानै देखि राष्ट्र प्रमुख आउने भनेपछि सयौ सुरक्षाकर्मी परिचालन थिए भने स्वागतमा सयौ तयारीमा थिए ।
विद्यार्थीहरु समेत राष्ट्रपति भण्डारीको स्वागतमा भेषभुसा सहित सजिएपनि अन्तिम समयमा कार्यक्रम स्थगन भएको थियो ।











