दमक/झापा क्षेत्र नं. ३ का संघीय सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले विकास निर्माणमा आफ्नो क्षेत्रलाइ पछि पार्न बजेट नदिएको भन्दै अनसन बस्ने चेतावनी दिएकाछन् ।
संसद बैठकमा उनले यस्तो चेतावनी दिएकाहुन् ।
म एक्लो प्रतिनिधि भएकाले मेरो क्षेत्र र जनतालाइ दुखदिने काम भएमा म साच्चिकै अनसन बस्छु, लिङ्देन भने ।
उनले एउटा योजनामा १० लाख माग्दा १ करो १० लाख बजेट सरकारले पठाएको भन्दै यसको विरोध पनि जनाए ।
उनले संघीयता विरोधी आफुमात्र नभएर सरकारका मन्त्री नै रहेको पाएको भन्दै अब ति मन्त्रीसंग संगत गर्ने पनि बताए ।
‘मैले त यो संसदमा संघीयतामा विमती राख्ने म मात्र छु होला, संघीयतालाई व्यवहारमै खतम गर्ने मन्त्री नै हुनुहुँदोरहेछ । अब संगत गर्नुपर्ला ।’ उनले भने ।
https://youtu.be/c7BVehAmVJw










