दमक/दमक नगरपालिका क्षेत्र भित्र स्थायी बसोवास गरेका विभिन्न क्षेत्रका मजदुरहरुलाई छानविन, अध्ययन गरी मजदुर परिचय पत्र दिने सिफारीसका लागि नगरपालिकाले समिति बनाएको छ । अब मजदुरहरुले परिचयपत्र पाउने भएकाछन् । नगरपालिका बोर्ड बैठकले समिति बनाएको हो । बोर्ड बैठकको निर्णय यस्तो छ-
दमक नगरपालिका क्षेत्र भित्र स्थायी बसोवास गरेका विभिन्न क्षेत्रका मजदुरहरुलाई छानविन, अध्ययन गरी मजदुर परिचय पत्र दिने सिफारीसका लागि तपशिल बमोजिमको एक समिति निर्माण गर्ने ।
क) संयोजक - का.पा. सदस्य श्री खड्ग बहादुर धिमाल, दमक ३
ख) सदस्य - वडा सदस्य श्री कमल उदास, दमक ७
ग) सदस्य -वडा सदस्य श्री टंक प्रसाद गौतम, दमक २
घ) सदस्य - वडा सदस्य श्री कृतिका भट्टराई, दमक ५
ङ) सदस्य सचिब - ना.सु. टिकाराम दाहाल











