काठमाडौं, माघ २७

लामो समयको अनिश्चिततापछि नेपाल प्रहरीले पहरी उपरीक्षक (एसपी) र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को बढुवासूची सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपी र २६ जना डिएसपी एसपीमा बढुवा गर्न सिफारिश गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी प्रधान कार्यालय नक्सालमा शनिबार राति गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालससहित बसेको बढुवा समितिको बैठकले १४ एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

एसएसपी बढुवा हुनेहरूमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुवँर र भीम ढकाल रहनुभएको छ ।

त्यसैगरी प्रहरी प्रधान कार्यालयले २६ जना डिएसपीलाई एसपीमा बढुवा गरेको छ। बढुवामा रमेश बस्नेत, हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, विनोद सिलवाल, भीम दाहाल र रमेश थापा रहनुभएको छ ।

त्यसैगरी एसपीमा बढुवा हुने अन्यममा प्रकाश रानाभाट, बिमल कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रञ्जु सिग्देल, अनुप शमशेर राणा, श्याम महतो, कृष्ण पङ्गेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर हुनुहुन्छ ।

अब प्रहरीले खाली रहेको एकजना प्रहरी नायव महानिरीक्षकमा बढुवाको टुंगो लगाउन बाँकी छ । काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारीको स्थानमा प्रहरी प्रधान प्रधान कार्यालय एकजना एसएसपीलाई बढुवाको तयारी गरेको छ ।