दमक/झापाको कमल गाँउपालिका वडा नंं. ५ स्थित पाडाजुंगी नजिकै शशस्त्र प्रहरीको गण अगाडिको आदिबासी रंगशालालाइ मदन भण्डारी रंगशालाको रुपमा अन्तराष्ट्रिय स्तरको बनाउने बताइएता पनि नामको विवादले यो योजना बिर्तामोडमा जान लागेको खुलासा भएको छ ।
आगामि मन्त्रीपरिषद बैठकले यस विषयमा निर्णय लिन लागेको सम्बद्ध श्रोतको भनाई रहेको छ । बर्षौदेखि साविक लखनपुरमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाइने भनिएपनि अन्तिममा आएर यो नबन्ने अवस्था आउन लागेको भन्दै चिन्ता प्रकट गरिएको छ ।
बिर्तामोड नगरपालिकाले निर्णयका लागि आवश्यक फायल प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याइसकेको श्रोतले बताएको छ । झापामा आफुले अन्तराष्ट्रिय रंगशाला बनाउछु भनेकाले ओलीले यसलाइ निर्णय गराउन सक्ने सम्बद्ध श्रोतले बतायो ।
बिर्तामोड नगरपालिकाले निर्णयका लागि आवश्यक फायल प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याइसकेको श्रोतले बताएको छ । झापामा आफुले अन्तराष्ट्रिय रंगशाला बनाउछु भनेकाले ओलीले यसलाइ निर्णय गराउन सक्ने सम्बद्ध श्रोतले बतायो ।
बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीले आफुहरुले १४ महिनाअघि नै प्रस्ताव पेस गरेको बताए । ५५ बिगाह जमिनमध्ये १५ बिगाह मोहानीका लागि छुट्याउदा पनि ४० बिगाह जमिन यहाँ रहेको छ ।
यस क्षेत्रका दुइवटा योजनालाइ अति महत्वका साथ हेरिएपनि दुइवटैको अवस्था उस्तै देखिन थालेको छ । रंगशाला बिर्तामोड जान लागेको र दमक औधोगिक पार्क निर्माण पनि ढिला हुँदा त्यहि अवस्था आउन सक्ने बताइन्छ ।
सरकारले अहिलेसम्म औधोगिक पार्कमा लगानी गर्न इच्छुक चीनिया सरकारलाइ भित्र्याउनका लागि आवश्यक कानून बनाउन तथा निर्णय लिन नसक्दा यो पनि रंगशालाकै हालमा पुग्ने हो की भन्ने चिन्ता स्थानीयले गर्न थालेकाछन् ।










