विष्णुप्रसाद पोखरेल दमक । दमकलाइ बढिमा दुइ बर्षदेखि अढाइबर्ष भित्र फोहोरमुक्त बनाईने घोषणा गरिएको छ । विश्व सफाइ अभियान्ता राजमान मानव र सुशीला मर्हजन सफाइ अभियानका लागि फेरी दमक आएपछि दमक नगर प्रमुख रोमनाथ ओलीले यस्तो प्रतिबद्धता जनाउनु भएको हो । दमकमा ३ बर्ष अघि आएर सफाइ अभियान शुरु गराएका राजमान र सुशीलालाइ दमक नगरपालिकाले सम्मान समेत गरेको छ । दमकको गणतन्त्र चोकमा शनिवार विहान भएको सरसफाइ सभामा बोल्दै नगर प्रमुख ओलीले फोहोर नफ्याल्ने प्रण हरेक नगरबासिले गर्नु पर्ने उहाँले बताउनु भयो । आफ्नो घर आँगनको सफाइ आफै गर्ने हो भने दमक सफाइ हुन लामो समय लाग्दैन, उहाँले भन्नुभयो । अब नगरपालिकाले सार्वजनिक स्थलमा फोहोर फ्याक्नेलाइ जरिवाना शुरु गर्नेछ, उहाँको भनाइ छ । विश्व सफाइ अभियानमा आफुहरु हिडेको भनेर केहिबर्ष अघि हाँस्नेहरुले अहिले पत्याउन थालेको सरसफाइ अभियान्ता मानवले जनाउनु भयो । दमक पहिला हामी आँउदा भन्दा धेरै सफा पाउदा खुसि लाग्यो, उहाँले भन्नुभयो । विश्व सफाइ नेपालीले शुरु गरेको भन्दा शुरुमा धेरैले पत्याएका थिएनन् तर अहिले विश्वका धेरै देशमा हामी पुगेका छौ र सफाइ अभियान चलाएका छौ, उहाँले भन्नुभयो । विश्वको सबभन्दा फोहोर देश भनिएको बंगलादेशमा समेत हामीले गएर सफाइ अभियान चलायौ, मानवले भन्नुभयो । त्यहाँको फाहोरको अवस्था देख्दा त यहाँ केहि होइनजस्तोमा लाग्यो, उहाँको भनाइ थियो । मलाइ विश्वास छ त्यहाँ पनि अब सफाइ अभियान शुरु भएको छ र ढाका सफा शहर बन्नेछ, मानवले बताउनु भयो । २०७८ साल अगावै दमक सरसफाइयुक्त नगर घोषणा हुने अवस्था देखेको जनाउदै जनप्रतिनिधि, सामाजिक अगुवा र कर्मचारीहरुले आफुहरु फोहोर नगर्ने प्रण गरेर यसलाइ कार्यन्वयन गरे सफाइ अभियानको खर्को खुड्किलो पार गर्ने उहाँको सुझाव थियो । नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुले सार्वजनिक स्थल तथा कहिपनि फोहोर गर्दिन भनेर घोषणा गर्नु पर्यो र कर्मचारीलाइ पनि लगाउनु पर्यो, उहाँले भन्नुभयो । आफुहरुको एक्लो प्रयासले सम्भव नभएपनि आफुहरुले सफाइको क्षेत्रमा नयाँ सन्देश दिएको अर्की सफाइ अभियान्ता सुशीला मर्हजनले बताउनु भयो । हामी जब प्रमुख शहर बजारमा गएर बढार्न थाल्छौ, आफै धेरैले चासो राख्नु हुन्छ, महर्जनले भन्नुभयो । हामी जहाँ गएर अभियान चलाएका छौ त्यहाँ संस्थागत रुपमा नै सफाइका लागि प्रयन्त हुँदै आएकाछन्, उहाँको भनाइ थियो । दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले दमक आएर शुरु गरेको दुइजनाको अभियानले दमक सफाइ अभियानमा ठुलो योगदान दिएकाले नगरपालिकाको तर्फबाट नै शनिवार एक कार्यक्रमबीच सम्मान गरिएको हो । उहाँहरुलाइ नगरपालिकाले सम्मानपत्र प्रदान गरेर सम्मान गरेको थियो । मानवीय फोहोररहित बिश्व बनाउन सचेतना अभियानका अभियन्ता मानव र महर्जन बंगलादेशका विभिन्न शहरहरु सफा गरेर केहि समयअधि मात्र नेपाल फर्केर दमक आएकाहुन् । दुबैजना घरगृहस्थी सबै त्यागेर एकदशक अघिदेखि सफाइ अभियानमा जुट्दै आएको बताइन्छ । शुसिला र राजमानको पहिचान सेतो हाफ भेष्ट, सेतै हाफ पाईन्ट र गुलाबी रङको सडक बढार्ने लामो कुची रहेको छ ।
दमकलाइ सफाइ अभियानमा जागरुप बनाउनेलाइ सम्मान
सवाल नेपालसंवाददाताआइतबार, २६ माघ २०७५
८शेयर

दमकलाइ सफाइ अभियानमा जागरुप बनाउनेलाइ सम्मान
यो समाचार शेयर गर्नुहोस्:
८शेयर

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



