दमक/झापाको दमक नगरपालिका, कमल गाँउपालिका र शिवसतासी नगरपालिकाका खेलकुदसंग सम्बद्ध संस्था तथा खेलाडिहरुले कमल गाँउपालिकाको लखनपुरमा नगशाला निर्माण शुरु गर्न माग गरेकाछन् ।

अन्यत्र सार्न लागिएको चर्चा चलेको भन्दै यस्तो माग गरेकाहुन् । कमल गाँउपालिकाको साविक लखनपुरस्थित शसशस् प्रहरीको गण अगाडि नभए अन्यत्र ठाँउमा आफूहरु जग्गा खोज्न तयार रहेको भन्दै माइपुर्व यो योजना सारिएमा आफुहरु आन्दोलनमा उत्रने उनिहरुको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मदन भण्डारी रगशाला दमक नजिक लखनपुरमा बनाउने घोषणा भएकाले अन्यत्र सार्न खोजिए यो आफुहरुलाइ मान्य नहुने दमक खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रशाइले बताए ।

नामको विषयमा आफुहरु बिमतिमा नउत्रने जनाउदै जसरी पनि रंगशाला बन्नु पर्ने उनको भनाइ थियो ।

शिवसतासी खेलकुद विकास समितिका संयोजक फुर्वा लामाले लखनपुरमा नभए आफुहरु शिवसतासीमा अन्तराष्ट्रिय रंगशालाका लागि ठाँउ खोज्न तयार रहेको बताए । उनले जसरी पनि माइपश्चिम नै रंगशाला बन्नु पर्नेमा जोड दिए ।

धुब्रतारा क्लवका अध्यक्ष भीमराज कट्वाल, भेट्रान क्लवका प्रेम पाण्डे लगायतले पनि लखनपुरमा प्रस्ताव गरिएको अन्तराष्ट्रिय रंगशालाको योजना अन्यत्र लैजान खोजिएको सुनिएको भन्दै आपत्ती जनाए ।