https://www.youtube.com/watch?v=Z4OaopayXIw&feature=youtu.be&fbclid=IwAR2vQRR9JKZukcXZB6ojPOwbaCNDJzW6xdujiW9zorhGhySONB4CCsTcEvA

दमक/दमक नगरपालिकाका प्रमुख (मेयर) रोमनाथ ओली प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिमा एउटै पनि योजनाहरु रातोकितावमा समावेश नभएको बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने, रातो किताव पल्टाएर हेर्दा एउटा योजना पनि दमकमा रहेनछ ।

ओलीले दमकमा एक बर्षको अवधिमा उल्लेख्य काम भएको पनि दाबी गरेकाछन ।

उनले गरिबी पहिचान गरेर परिचयपत्र दिने काम शुरु हुन लागेको, आवश्यक नीति निमय बनाईएको, सडक, कल्भर्ट लगायतका पुर्वधारहरु भटाभट बनिरहेकाले अब एक बर्षभित्रमा धेरै काम देखिने उनको भनाइ छ ।

उनले दमकको भ्यू टावरको टेण्डर लागेको जनाउदै अहिले आलोचना नगर्न र बनिसकेपछि यसको उपयोगीता हेर्न आग्रह गरे ।

बन्नु अघि नै यसको औचित्यतामाथि प्रश्न गर्नु जायज होइन, उनले भने ।

उनले दमक औधागिक पार्कको काम भइरहेको र बुद्ध मुर्तिको बिषयमा जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको बताएकाछन् ।

एकबर्षमा नगरपालिकाले के गर्यो  ? नगरपालिका प्रमुख रोमनाथ ओलीसंग सवालनेपाल सम्पादक विष्णुप्रसाद पोखरेलले गरेको कुराकानी-

https://www.youtube.com/watch?v=Z4OaopayXIw&feature=youtu.be&fbclid=IwAR2vQRR9JKZukcXZB6ojPOwbaCNDJzW6xdujiW9zorhGhySONB4CCsTcEvA