पुष्पकमल दाहाल (प्रचलित नाम प्रचण्ड) नेपालका कम्युनिष्ट राजनीतिज्ञ तथा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का दुई मध्ये एक अध्यक्ष हुन् । झण्डै १३ वर्ष भूमिगत जीवन बिताएका उनी २०६२-६३ को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरेका हुन्। संविधानसभा निर्वाचन २०६४ मा २ ठाउँबाट निर्वाचित उनी त्यसपछि नेपालको प्रधानमन्त्री बन्न पुगेका थिए। यिनले २०७३ साल साउन १९ गते दोस्रो पटक पनि प्रधानमन्त्रीको पद सम्भालेका थिए । संविधान सभाको चुनावमा उनी एक्ला उम्मेदवार भए पनि संसद्को बहुमतको आधारमा प्रधानमन्त्री घोषणा गरिएको थियो ।

दाहालको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गा. वि. स. वडा नं २ लिवाडेमा वि. सं २०११ साल मंसिर २६ गतेका दिन भएको थियो । यिनी पिता मुक्तराम दाहाल र माता भवानीदेवी दाहालको कोखबाट जेष्ठ पुत्रका रूपमा, जन्मेका थिए । यिनको बाल्यकालको नाम छविलाल दाहाल थियो ।
पढाईमा अब्बल दर्जा भएको पुष्पकमलमा राजनीतिक बीउ भने १० कक्षा पढ्दादेखि अङ्कुराउन थालेको हो। प्रचण्ड त्यो क्षण सम्झन्छन्, "पहाडमा खान नपुगेर तराईको पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो। त्यसमा पनि वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो। मेरै घरनजीक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन्। उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए। उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका हुन्।" त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो। चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो। त्यस हिसाबले उनको राजनीतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको माने हुन्छ। भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए। ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे। उनको विश्लेषणमा, "लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो। मोहनविक्रम नै मेरा विरूद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रूपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुपर्यो।"
समयानुक्रम
०२६ सालमा एसएलसी २०३० सालमा आइएस्सी पाटन संयुक्त क्याम्पस २०३३ सालमा बीएस्सी एजी कृषी तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवन २०३३ सालदेखि २०३५ सालसम्म गोरखा आरुघाटमा अध्यापन २०३८ सालमा नेकपामा प्रवेश २०३५ सालदेखि पूर्णकालीन तथा भूमिगत जीवन प्रारम्भ २०४६ महामन्त्री नेकपा (मशाल) २०४८ महामन्त्री नेकपा (एकता-केन्द्र) २०५१ महामन्त्री नेकपा (माओवादी) २०५७ अध्यक्ष, नेकपा (माओवादी) २०६३ आम जनतासमक्ष सार्वजनिक












