दमक/गतबर्ष भ्यालेन्टाइन डे का दिन एकबर्ष भित्र गुलावको फुल सहितको रोज गार्डेन बनाउने भनेर शिलन्यास भएको रोज गार्डेनस्थलमा सिन्को पनि नभाँचेको पाईएको छ ।
दमक नगरपालिका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले दमक ७ का पञ्चायत रजत जयन्ती स्तम्भलाइ आधार बनाएर रोज गार्डेनको शिलन्यास गरेकी थिए ।
यो भ्यालेन्टाइन डे मा यसको उद्घाटन गरिने प्रतिबद्धता जनाईएको थियो ।
दमकको रेडक्रस भवन छेउको खाली जग्गा नै रोज गार्डेनका लागि छनौट भएको थियो ।










