उहालाई एकपटक गौर बाट अड्डा सार्ने क्रममा आएको चिठीलाई यसरी सम्झनु हुन्छ, ‘म गौर जेलमा रहदा अड्डा सार गरी माथि पठाउने भन्ने आदेशलाई तत्कालिन जेल सुरक्षामा खटिएका असईले गाडीमा राखेर वीरगंज लैजानुभयो । उहाले भन्नुभयो, तपाईहरु जस्तालाई मारेर मैले के गर्नु छ र गए मेरो जागिर जाने हो, म घरमा गएर कृषक बनेर बाँच्न सक्छु भन्दै उहाले वीरगंज लगेर सार्वजनिक गर्नुभयो । यदि प्रहरीले वीरगंज नलगेर माथिकै आदेशलाई घुमाउरो तरिकाले मानेको भए म आज स्वाधिन मुलुकको प्रधानमन्त्री बन्ने थिईँन होला ।’
काठमाडौं, फागुन ४
लामो समय जेलनेल भोग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक यात्रा झापाबाटै शुरु भएको हो । झण्डै पाँच दशक लामो राजनीतिक यात्रामा १४ बर्ष कठोर जेल जीवन विताउनु भएका प्रधानमन्त्री यतिबेला ओली मुलुकको दई तिहाई सरकारको प्रधानमन्त्री हुनुहुन्छ ।
पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गर्नुभएका पात्र ओली यतिवेला देशको प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्री ओलीको जेलजीवनका भोगाई निकै कष्टकर भएको र आफ्ना सहकर्मीहरुले अनाहकमै ज्यान गुमाउन पुगेको पीडा निकै भावुक ढंगले सम्झनु भयो ।
तत्कालिन राज्यले झुटा मुद्धा लगाएर लामो समयसम्म जेलमा राखेको कुरा प्रधानमन्त्री ओलीले एवीसी न्यूजका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंगको विषेश कार्यक्रम आउटलुकमा बताउनु भएको हो । तत्कालिन राज्यले झुटा आरोप लगाएर नागरिकमाथि दमन गरेको समेत प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीलाई १४ वर्षको जेल वसाईमा २५ पटकसम्म ठाउँ सारिएको थियो ।
उहालाई एकपटक गौर बाट अड्डा सार्ने क्रममा आएको चिठीलाई यसरी सम्झनु हुन्छ, ‘म गौर जेलमा रहदा अड्डा सार गरी माथि पठाउने भन्ने आदेशलाई तत्कालिन जेल सुरक्षामा खटिएका असईले गाडीमा राखेर वीरगंज लैजानुभयो । उहाले भन्नुभयो, तपाईहरु जस्तालाई मारेर मैले के गर्नु छ र गए मेरो जागिर जाने हो, म घरमा गएर कृषक बनेर बाँच्न सक्छु भन्दै उहाले वीरगंज लगेर सार्वजनिक गर्नुभयो । यदि प्रहरीले वीरगंज नलगेर माथिकै आदेशलाई घुमाउरो तरिकाले मानेको भए म आज स्वाधिन मुलुकको प्रधानमन्त्री बन्ने थिईँन होला ।’
प्रधानमन्त्री ओली पहिलो पटक २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५६ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस्तै विसं २०५१ देखि २०५२ सम्म उहाँ गृहमन्त्री बन्नुभएको थियो । ०६४ देखि ०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्रीको कार्यभार समाल्दै २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा पहिलो पटक निर्वाचित हुनुभएको थियो । यतिवेला उहाँ दोस्रो पटक बहुमतको शक्तिशाली प्रधानमन्त्री बन्नु भएको छ ।
तत्कालीन नेकपा (माले)को संस्थापक मध्येका एक प्रधानमन्त्री ओली २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएको थियो । २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका ओली २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक हुनुहुन्छ । प्रधानमन्त्री ओलीसंगको विशेष अन्तर्वार्ता आज राती ९ बजे एबीसी टेलिभिजनमा प्रसारण हुनेछ ।जनताटाइम्स










