दमक । नेपाली राजनीतिका लौहपुरुषको रुपमा परिचित गणेशमान सिंहको सम्झनामा झापामा इन्जिनियरिङ क्याम्पस भवनको शिलन्यास गरिएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालय परिषरमा इन्जिनियरिङ क्याम्पसको भवनको शिलन्यास भएको हो ।

शानिवार शिवसतासी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले एक कार्यक्रमबीच भवनको उद्घाटन गर्नु भएको छ । उहाँले सिंहको सम्मानका लागि यस नगरपालिकामा क्याम्पस बन्न लागेको जनाउदै निर्धारीत समयमा नै भवन बनेर पठनपाठन शुरु हुने कुरामा आफु विश्वस्थ रहेको बताउनु भयो । त्यागि नेताको रुपमा चिनुनु भएका सिंहको सम्झनामा बन्न लागेको भवनलाइ आवश्यक सबै प्रकारको सहयोग गर्न नगरपालिका तयार छ, शेर्माले भन्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्याम्पसको २४ कोठे तीन तले भवन तीन बर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका अध्यक्ष सन्तोष मेन्याङ्बोले जानकारी दिनु भयो । २०५६ मा स्थापना भएको उक्त प्रतिष्ठानको नाममा झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गसंगै जोडिएको साढे १२ बिघा जमिन रहेको छ । यो जमिनमा प्राविधिक शिक्षालय, अस्पताल, खेलमैदान, बाल उद्यानलगायत निर्माण गर्ने लक्ष्य राखिएको छ, मेन्याङ्बोले भन्नुभयो ।

गत फागुनमा सप्ताहव्यापी पुराण आयोजना गरिएको र पुराणबाट तीन करोड ५० लाख रुपैया“ संकलन भएको पनि उहाँले जानकारी दिनु भएको छ । यहि रकमले शिक्षालयको भवन निर्माणको काम थालिएको हो, अध्यक्ष मेन्याङ्बोलेजनाउनु भयो । भवन निर्माणका लागि ७ करोड ९० लाख १४ हजार ५ सय २१ रुपैया“को लागत अनुमान निकालिएको सो अवसरमा जानकारी दिईएको थियो ।