विष्णुप्रसाद पोखरेल

गेउरीया । झापाको कमल गाँउपालिका वडा नं. ६ स्थित एक नीजि विद्यालयले आफ्ना ‘होस्टेल’का बिद्यार्थी तथा अभिभावकहरुलाइ अग्र्यानिक उत्पादन ख्वाउनका लागि जटिबटिजन्य उद्यान सहित अग्र्यानिक शब्जि खेती गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कमल गाँउपालिका वडा नं. ६ को हिमाली बोर्डिङ स्कूलले अर्ग्यानिक खेती शुरु गरेको हो । कुनै पनि प्रकारको बिषादी र रसायनिक मल प्रयोग नगरी १ बिगाहभन्दा बढि जमिनमा अग्र्यानिक खेती भएको र थप २ बिगाहमा विस्तार गर्ने योजना रहेको बिद्यालयका संस्थापक निर्देशक जीबन सापकोटाले बताउनु भयो ।

सापकोटाका अनुसार हिमाली हर्व एग्रो एण्ड रिसर्च सेन्टर मार्फत ८ कक्षाभन्दा माथि पढ्ने विद्यार्थीहरुका लागि प्रयोगात्मक सिकाइ समेत यहाँबाट शुरु गरिएको छ । बिषादी रहित तरिकाले खेती गर्ने विधि सिकाउनका लागि आफुहरुले ब्यवसायीक रुपमा नै शब्जि खेती तथा जटिबुटिजन्य विरुवाहरुको उद्यान बनाउन लागिएको सापकोटाले जनाकारी दिनु भयो ।

हामी अग्र्यानिक उत्पादन ख्वाउछौ र बिद्यार्थीहरुलाइ समेत अग्र्यानिक खेतीको विषयमा प्रयोगात्म्क रुपमा पढाउछौ, सापकोटाको भनाइ छ । अहिले होस्टेलमा ८५ जना बिद्यार्थीहरु रहेकाछन् । बिद्यार्थीहरुलाइ दुध ख्वाउनका लागि आधादर्जन भन्दा बढि गाइपालन भएको र गोठ सुधारमार्फत यसैबाट बिषादीहरु समेत बनाईएको बताईएको छ ।

वेस्ट डिकम्पोजर, अग्नी यास्त्र, जीवामृत जस्ता तत्वहरु समेत आफै उत्पादन गरेर रसायनिक मललाइ बिस्थापित गरिएको सापकोटाले बताउनु भयो । खोलाको बगर भनेर चिनिएको ठाँउ अहिले हरियाली बनेको छ, सापकोटाले भन्नुभयो । आधुनिक र ब्यवसायीक रुपमा शुरु गरिएको यस प्रकारको खेती अन्यत्र समेत विस्तार गर्ने योजना छ, उहाँले भन्नुभयो ।

अहिले मुला, गाँजर, चुकन्दर, सलगम, बन्दकोपी, काउली, बैगुन, फर्सि, खोर्सानी, धनिया, पालक, घिरौला, करेला, भिण्डि लगायत शब्जिहरु उत्पादन शुरु भएको र अब ब्यवसायीक रुपमा सजिवन खेती लगाउन लागिएको सापकोटाले जानकारी दिनु भयो । हामी यहाँको उत्पादन खाँदा जटिबुटि खाएजस्तो निरोगी बन्न सहयोग पुगोस भन्ने ध्ययका साथ अघि बढेका छौ, उहाँको भनाइ छ ।

आफुले युट्युव, सामाजिक सञ्जाल, वेभसाइटमा हेरेर आफुले सिकेको र अहिले ४ जना कामदार लगाएर यो काम गरिरहेको सापकोटाले बताउनु भयो । कपुर, अगर, निम, श्रीखण्ड, चारपाटे, रक्तचन्दन, सरिफा, धतुरो, निम लगायतका जटिबुटि जन्य उद्यान निर्माण पनि संगसंगै बनाउदै लगिएको बताईएको छ ।

हराउदै गएका जटिबटिजन्य बोट विरुवा ब्यवसायीक रुपमा लगाएर घरेलु उपचारका लागि औषधि पनि बनाउने सोचमा हामी लागेका छौ, सापकोटाले भन्नुभयो । बिद्यार्थीहरुले जडिबुटिको बिषयमा यहाँबाट ज्ञान पाउनेछन् र ब्यवसायीक बन्न सिक्नेछन्, सापकोटाले भन्नुभयो ।