विष्णुप्रसाद पोखरेल दमक/डा. भम्पा राइ । दमकमा नौलो नाम होइन । लामो समयदेखि उनि बेलडाँगी रोडमा बसेर भुटानी शरणार्थी र गैह् शरणार्थीहरुलाइ निशुल्क स्वास्थ्य जाँच गरे र ज्यान बचाए ।

तर केहि महिनायता उनि गम्भिर बिरामी परे । उपचारमा समस्या भएको भन्ने सार्वजनिक भयो । जसले गर्दा स्वदेश तथा विदेशका नेपालीले सहयोग गरे । भुटानी शरणार्थीले सहयोग गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनि अहिले पहिला भन्दा अलि तंग्रेजस्तो देखिन्छन् । उनले आफुलाइ बचाएकोमा सहयोगीहरुलाइ आभार प्रकट गरेकाछन् ।

शनिबार उनलाइ दमक पब्लिक लाइब्रेरी, दमक जेसिज र रेडक्रस दमकले उठाएको १ लाख रुपिया सहयोग गरिएको छ ।

लाइबे्रीका अध्यक्ष भेषराज न्यौपाने, दमक जेसिजका अध्यक्ष चन्द्र खत्री र रेडक्रस अध्यक्ष प्रकाश बुढाथोकीले उतिखेरै अर्थात जतिखेर राइ निक्कै बिरामी थिए त्यो समयमा नै सहयोग जुटाउन पहल गरेका थिए ।

त्यो समय अन्यत्रबाट सहयोग आएको र आफुहरुको समेत बिभिन्न ब्यस्तताले दिन नसकिएको र अहिले आएर उक्त सहयोग गरिएको न्यौपानेले बताए ।

सहयोग ग्रहण गरेपछि डा. राइले भने, मलाइ सहयोग लिन निक्कै अप्ठेरो लागिरहेको छ तर मलाइ बचाउन देखाउनु भएको सदभावलाइ इन्कार गर्न सक्दिन ।

डा. राइ भुटानमा भएको आफ्नो सम्पत्ति शान, मान र दाम पनि एकैपटक छाडेर शरणार्थी बन्दै नेपाल आएका थिए ।

भुटानी शासकहरुले नेपाली माथि गरेको ज्यादति सहन नसकी उनी पनि १९९१मा झापाको कनकाई नदीको वगरमा आएर बसे ।

त्यसपछि उनी दमकस्थित भुटानी शरणार्थी शिविरमा पुगे । उनी दमकमा क्लिनिक नै चलाएर बसेका थिए ।

सबैलाई निःशुल्क उपचार गरिदिए, त्यो बेला उनी सबैका प्रिय थिए । नेपालको २६ बर्षसम्मको बसाईमा उनले कहिले पनि पैसालाई महत्व दिएनन् ।