विष्णुप्रसाद पोखरेल

दमक ।  कमल गाँउपालिकामा भएको कृषि मेला प्रदर्शनीमा एउटै बोटमा लटरम्म फलेको बैगुन (भेन्टा), बाँसको झाँङजस्तै देखिने साँगको बोट र १६ फिटभन्दा अग्लो उँखुको बोटहरु हेर्नेको घुइचो लागेको छ । एउटै बोटमा एकै पटक दुइकेजी भन्दा बढि तौलसम्म बैगुन फलेको देखेपछि किसानहरु आश्चर्य चकित भएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कमल १ का लोकबहादुर पाण्डेले प्रतियोगीतात्मक रुपमा सहभागि हुन ल्याएकौ बैगुनको बोट र प्रदर्शनीको रुपमा झापा गौरादहकी किसान इन्दिरा पाठक (प्रशाइ)ले ल्याएको बैगुनले सबैको ध्यान खिचेको थियो । प्रदर्शनीमा आउनु भएकी कमल गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले जीबनमा पहिलो पटक एउटै बोटमा यति धेरै बैगुन फलेको देखेको बताउनु भएन । पत्यार नै नलाग्ने गरी फलेको देख्दा निक्कै अचम्म लाग्यो, उहाँले भन्नुभयो ।

पाठकका अनुसार आफ्नो खेतको बारीमा १० बोटमा यसरी फलेको बताउनु भयो । गाँउका सबै आएर अचम्म मान्थे अनि पक्कै यति धेरै कसैकोमा फलेको छैन भनेर ल्याएको हुँ, पाठकले भन्नुभयो । एउटै बोटको बैगुनले गाँउभरी सबैलाइ शब्जि पकाएर खान पुग्छ, उहाँले भन्नुभयो । आफ्नै गोठको मल प्रयोग गरेको समेत उहाँले बताउनु भयो । रसायनीक मल र औषधि खासै प्रयोग गरेको छैन, उहाँको भनाइ थियो ।

कमल गाँउपालिका १ की कुसुम खड्काले ल्याएको रायोको सागको बोटमा पनि धेरै किसानको आँखा पुग्यो । करिब १ कठ्ठा जमिनमा आफुले बारीमा रायोको साग रोपेको र यो भन्दा ठुलो बोटहरु रहेको खड्काले बताउनु भयो । ठुलो ल्याउन समस्या भएर यो लिएर आएको हुँ, बारीमा हेर्न आउनु भयो भने यो भन्दा ठुलो छ, उहाँले जनाउनु भयो । सागमात्र आफुले यो बर्ष २५ हजारभन्दा बढिको बेचेको उहाँको भनाइ छ ।

कमल गाँउपालिका वडा नं. १ का मैना पोखरेलले ल्याएको उँखुको लाँक्रो पनि कृषि प्रदर्शनीको मुख्य आकर्षण बन्यो । ब्यवसायीक रुपमा उँखुको खेती नगरेको र बारीमा केहि लाक्रोहरु रहेकाले लिएर आएको पोखरेलले बताउनु भयो । सबैले यत्रो उँखु कतै हुदैन लिएर आउनु भनेपछि लिएर आएको हुँ, पोखरेलले भन्नुभयो ।

गाँउपालिकाको कृषि विकास शाखाले कमल गाँउपालिकाको वडा नं. ६ स्थित मंगलवारे बजारमा आयोजना गरेको कृषि मेला प्रदर्शनीमा अग्र्यानिक कृषि उत्पादन, अग्र्यानिक मल तथा विषादीको स्टलहरुमा समेत किसानको आकर्षण रहेको थियो । गाँउपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, गाँउपालिका वडाध्यक्षहरु लगायत १५ सयभन्दा बढिले मेलाको अवलोकन गर्नु भएको थियो ।

गाँउपालिकाका कृषि विकास शाखाका कृषि प्राविधिक एवं मेलाका संयोजक प्रेम पोखरेलका अनुसार लहरेवाली तर्फ ३२, जैविक बिषादी तर्फ ४, मसलाबाली तर्फ २८, प्राङगरिक मलतर्फ ७ वटा, काउली २९, जरेवाली ४१, नगदे फलफुल बाली २८ वटा कृषि उत्पादनहरु किसानले प्रदर्शनीमा लिएर आएका थिए । किसानले स्वतस्फूर्त रुपमा आफ्ना उत्पादनहरु ल्याएर प्रदर्शनी एवं मेलामा लिएर आएको समेत उहाँको भनाइ छ । एकअर्काको उत्पादन प्रर्दशनीले किसानहरु बीच अन्तरक्रिया भएको र यसले किसानमा उत्साह पैदा भएको कृषि शाखा प्रावधिक पोखरेलले बताउनु भयो ।