दमक/नगरपालिकाका पुर्व कार्यकारी अधिकृत बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराइको निधनप्रति दमक नगरपालिकाका कर्मचारीहरुले दुख प्रकट गरेकाछन् । सामाजिक सञ्जाल फेसबुक मार्फत दुख प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेकाहुन् ।
केहि दिन अघि गम्भिर दुर्घटनामा परेका भट्टराइको हिजो निधन भएको थियो । २०५५ सालमा उनि दमकमा रहेको दमक नगरपालिका सामाजिक शाखा प्रमुख डम्बर बरालले जनाए ।
दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-
उदारता, विवेक,अनुभव र ईमानदारीताले भरिपूर्ण बाराका प्रजिअ गणेश भट्टराईको आवस्यकता यही थियो !!!! उनको असामयिक निधनवाट आफन्तजन र लाखौलाख मित्रहरू शोकाकुल र स्तव्ध भएका छौ । हार्दिक श्रद्दान्जली गणेशदाई!!
दमक नगरपालिका सामाजिक शाखा प्रमुख डम्बर बरालले उ बेलाको तस्विर सहित श्रद्धाञ्जली प्रकट गरेकाछन् । उनले लेखेकाछन्-
दमक नगरपालिकाका पुर्बकार्यकारी अधिकृत तथा बारा जिल्लाका प्र. जि.अ. कुसल,बिकासप्रेमि तथा आदरणीय दाई गणेश प्रसाद भट्टराईको देहावसानको खबरले अत्यन्तै दुखी बनायो.... सर को मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तब्ध परिवारजनहरु प्रति धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना व्यक्त गर्दछौं। दमक नगरपालिका कर्मचारी एसाेसिएसन परिवार दमक, झापा










