विष्णुप्रसाद पोखरेल
दमक/झापाका प्रदेशसभा सदस्य समेत रहनु भएका प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीको फेसबुक ह्याक भएको छ ।
उक्त फेसबुकमा एक विदेशी महिला देखिएकीछन् भने हरेक मिनेटमा अपडेट भएको देखिन्छ ।
उहाँले आधिकारीक रुपमा चलाउदै आएको फेसबुक नै ह्याक भएको हो ।
उहाँले राखेका फोटोहरु तथा लिकहरु समेत देखिन छाडेकाछन् ।
प्रहरीको उच्च श्रोतका अनुसार यस बिषयमा गम्भिर छानविन शुरु भएको छ ।










