काठमाडौँ, ११ फागुन । आज प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको ६८ औँ जन्मदिन ! ओली आजदेखि ६७ वर्ष पुरा गरि ६८ वर्षमा लागेका छन् । उनका आफन्त, शुभेच्छुक तथा पार्टी कार्यकर्ताहरुले बिहानैदेखि शुभकामना दिइरहेका छन् ।

नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत शुभकामना दिदै ओलीबाट थप उदारता र सामुहिकता अपेक्षा गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘अंगालो र छातीमा अझ धेरै समेटिउन्, टाढा, टाढासम्म दृष्‍टि पुगोस, नजिककालाई सोधियोस्, टाढाकालाई खोजियोस्’, भट्टराईले लेखेका छन्, ‘नयाँ पुस्ताले सधैं खोजिरहुन, आत्माबल र ईच्चाशक्तिको प्रशंसा गर्दछु, थप उदारता र सामुहिकताको अपेक्षा गर्दछु ।’ धेरैले ओलीको प्रसंशा गरेर शुभकामना दिइरहेका छन् ।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जन्मदिनको अवसरमा शुभकामना दिदै ओलीले देखेको सुखी नेपाली, समृद्ध नेपालको सपना पुरा हुनेमा आफू विश्वस्त रहेको जनाएका छन् ।

अघिल्लो वर्ष मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमालेका अध्यक्ष ओली वाम गठबन्धनको तर्फबाट झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए । उनि वाम गठबन्धनकै तर्फबाट दुई तिहाइ बहुमतसहित प्रधानमन्त्री पनि बने । अहिले दुवै वाम दलको एकता भएपछि ओली झन् शक्तिशाली भएका छन् ।

२००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालिन इवा गाविस २ तीनसल्लेमा जन्मेका ओलीले तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट पढाइ सुरु गरेका थिए । उनकाको बुबाको नाम मोहनप्रसाद ओली र आमाको नाम मधु हो । ओलीको परिवार २०२२ सालमा बसाइसराइ गरी झापा झरेको थियो ।

२०२३ सालदेखि नै राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर त्यही वर्षदेखि भूमिगत भए । पञ्चायती शासन बिरोधी आन्दोलनमा लाग्ने क्रममा उनी २०२७ सालमा पक्राउ परे । उनी १४ वर्षसम्म निरन्तर जेलमा रहे ।

ओलीलाई प्रष्ट बोल्ने र अडान राख्ने नेताको रुपमा चिनिन्छ । २०७२ सालमा प्रधानमन्त्री हुँदा भारतले गरेको नाकावन्दीको कडा सामाना गरेका ओली राष्ट्रवादी नेताका रुपमा पनि परिरिचत छन् । ओली अघिल्लाे वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए ।

नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका ओली २०७२ मा पहिलोपटक प्रधानमन्त्री भएका थिए । अहिले देशको ४१ औँ प्रधानमन्त्री बनेका ओली आठौँ वामपन्थी प्रधानमन्त्री पनि हुन् ।

अघिल्लो वर्ष फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीको संक्षिप्त जीवनी यस्तो छ :

नाम : खड्गप्रसाद ओली (के.पी. शर्मा ओली) जन्म मिति वि.सं. २००८ ११/ ११ तदनुसार सन् १९५२ /०२ /२३, शनिबार । जन्मस्थान : इवा २, तेह्रथुम, नेपाल ।

पारिवारिक अवस्था : हजुरबा : स्व.मनरथ ओली । हजुरआमा : स्व. राममाया ओली । माता : स्व. मधु ओली । पिता : मोहनप्रसाद ओली । वैवाहिक अवस्था : विवाहित । १. श्रीमती : राधिका शाक्य । २. भाइ तथा बुहारी : जयप्रसाद ओली/इन्दिरा ओली । ३. दिदी/बहिनी : विष्णुमाया, कौशिला र राजु । ४. पारिवारिक संख्या : २ जना (श्रीमती राधिका शाक्यसहित) ।

स्थायी निवास : अनन्तलिङ्गेश्वर– २, बालकोट भक्तपुर, नेपाल । अस्थायी निवास : शरणामती– ६, झापा, नेपाल । १. नागरिकता नम्बर : २६६/३१३९५ २. राहदानी नम्बर : ००२५११४ शैक्षिक योग्यता : सामान्य । भाषा : नेपाली, हिन्दी र अंग्रजी । भ्रमण : स्वदेश— ७५ वटै जिल्ला । विदेश : चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, स्वीट्जरल्याण्ड, साइप्रस, बेलारुस आदि ।

राजनीतिक दल : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

वर्तमान जिम्मेवारी : अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तत्कालीन नेकपा (एमाले) को २०७१ असार १९-२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित) प्रतिनिधिसभा सदस्य : क्षेत्र नं ५, झापा (२०७४ मंसीर २१ प्रतिनिधिसभा निर्वाचन) राजनीतिक यात्रा :२०२३ साल, माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त । जिम्मेवारी बहन : २०२५ सालबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई नेतृत्व गरेको । नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त : २०२६ साल २०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उप–सचिवको जिम्मेवारी बहन । २०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण २०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन जेल जीवन : पहिलो पटक २०२७ फागुन १६ गते आइतबार, झापाबाट गिरफ्तार । पहिलो गिरफ्तार : झापा पुलिस थानामा । २०२७ र २०३० का बिचमा : पटक पटक गरी १० पटक बढी गिरफ्तारी ।

जेल यात्राको १४ बर्से अध्याय :

२०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ । पहिलो भोगाई : रौतहट गौर जेल, गौर थाना, २ दिन मात्र । त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान । -२०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान । -३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान । -२०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा । र, त्यसपछि गोलघर बाहिर । -२०३३ साउनमा नख्खु जेल चलान । -२०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै । -२०३६ जेठमा गोलघर बाहिर । -२०३७ चैतमा पुनः नख्खु जेल चलान । -२०३९ माघ ३ मा पोखरा जेल चलान । -२०४२ कात्तिकमा स्याङ्जा जेल चलान । -२०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान । -२०४३ माघ १२ मा भद्रगोल जेल चलान । -२०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा । -तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै नजरबन्दी ।

जेलमुक्त भएपछि राजनीतिक जीम्मेवारी बहन :

-२०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी । -२०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन । -२०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष । -२०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य ।

राज्यतहमा बहन गरिएका विभिन्न समयका विभिन्न जिम्मेवारी :

-२०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित । -२०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित । -२०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्रीको जिम्मेवारी बहन । -२०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित साथै, नेकपा (एमाले) दलको उपनेता चयन । -२०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रुपमा जिम्मेवारी बहन । -२०७० मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित । -२०७२ असोजमा नेपालको ३८ औँ प्रधानमन्त्रीका रुपमा कुशलतापूर्वक जिम्मेवारी बहन । -२०७४ मंसीर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित । -२०७५ फागुन ३ गतेदेखि प्रधानमन्त्रीकाे जिम्मेवारीमा विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको ।

विभिन्न समयका आन्दोलन तथा विचारधारा निर्माणमा खेलिएका महत्त्वपूर्ण भूमिकाहरु

-२०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी भित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा उहाँले शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेको । फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएको ।

-२०३० सालदेखि २०४४ सालको जेल जीवनको लामो अन्तरालमा विभिन्न माध्यमद्वारा पार्टी जीवन सञ्चालन र संघर्षका कार्यक्रमबारे लिखित पत्रका माध्यमद्वारा सुझावहरु पठाएको हाल समयक्रमसँगै ती सुझावहरुले दूरगामी प्रभाव पार्दै आएको पुष्टि भएको छ ।

-२०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त बाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेको ।

-२०४९ सालमा सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय माहाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलमा कमरेड मदन भण्डारीलाई सो कार्यक्रम तयार गर्न अहं भूमिका निर्वाह गरेको ।

-२०५९ सालमा भएको नेकपा (एमाले) को सातौँ राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उनले प्रस्तुत गरेको वैचारिक कार्यक्रमिक प्रस्ताव आज आएर नेपालका सबै कम्युनिस्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरुले समेत मूल नीतिका रुपमा अवलम्बन गरेको अवस्था छ ।

-आफ्नो राजनीतिक जीवनको यात्रासँगै लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएको ।

-लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणदेखि राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको

-दुई फरक धारका कम्युनिष्ट पार्टी तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच ऐतिहासिक एकता गर्न सफल

-दैनिक नेपाल बाट