दमक/झापाको दमक उद्योग बाणिज्य संघको अबको अध्यक्षको बिषयमा चर्चा शुरु भएको छ । दुइबर्ष पुरा गरि तेश्रो बर्षमा अहिलेको कार्य समिति लागेसंगै बहस प्रारम्भ भएको पाइएको हो । आगामि भदौमा ंसंघको निर्वाचन हुँदैछ ।
तत्कालिन अवस्थामा पार्टीमा (नेकपा एमाले) बिद्रोह गरी स्वतन्त्र उठेका राजेन्द्र ढकाल, बिमल खतिवडा र युवराज घिमिरेले बाणिज्य संघमा जितेपछि दमकमा तंरग नै पैदा भएको थियो ।
त्यो समयमा ढकाल, खतिवडा र आचार्यले एकआपसमा समझदारी गरेर पालैपालो नेतृत्व गरेर जाने सहमति गरेको हुनसक्ने भएकाले अबको अध्यक्षको उम्मेदवार बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा हुनसक्ने बताइन्छ ।
पार्टीले समेत कार्वाही फिर्ता लिएको अवस्थामा अब नेकपाबाट र पार्टी निकट ब्यवसायीक संगठनबाट खतिवडा नै सर्वसम्मत उम्मेदवार बन्न सक्ने चर्चा चलेको छ । ढकालले ब्यापारीहरु तथा खतिवडा र घिमिरेलाइ आफुलाइ एकपटकलाइ साथ दिनका लागि आग्रह गरेकाले यो पुरानो एकतालाइ कायम राख्न खतिवडालाइ अघि सार्न सक्ने बताइन्छ ।
ब्यवसायी र पार्टी श्रोतले पनि मिलेर आउन आग्रह गरेकाले यो सम्भावाना प्रवल रहेको र यो नै उत्तम हुने जनाएको नेकपा निकट एक अगुवा ब्यवसायीले बताए । प्रथम उपाध्यक्ष गोपाल गुरागाइको पनि अध्यक्षमा दाबेदारी रहेको छ । यद्यपी उनलाइ बरिष्ठ उपाध्यक्ष बनाउनु भन्दै चर्चा पनि चलेको ब्यवसायीहरु बताउछन् ।
विगतमा जे जस्तो भएपनि ढकाल, खतिवडा र आचार्य पार्टीको निर्देशन बमोजिम नै अघि बढ्ने बताउदै आएकाले असहज अवस्था नआउने नेकपाका एक नेताले बताएकाछन् । पालोपालो गरेर गएमा सबैको नेतृत्व विकास हुने र ब्यवसायीक एकता देखिने ति नेताले जनाए ।
यता नेपाली काँग्रेस निकटबाट पनि को अध्यक्षको उम्मेदवार बन्ला भनेर बहस शुरु भएको बताइन्छ । धेरैजना आँकाक्षी नभएकाले काँग्रेस निकट ब्यवसायीहरुले उम्मेदवार सहज रुपमा चयन गर्न सक्ने चर्चा छ । गोकुल श्रेष्ठ, प्रकाश प्रशाइ र बबरजंग थापालाइ अध्यक्षको उम्मेदवारको रुपमा चर्चा छ । श्रेष्ठ सबैभन्दा दर्बिलो उम्मेदवारको रुपमा चर्चा रहेको काँग्रेस एक नेताले बताए ।










