दमक/दमक सचेत नगर तर यहाँका बुज्रुक तथा समाजका अगुवाहरु नै हात्तीपाइले विरुद्धको औषधि नखानेमा पर्ने गरेको बताईएको छ । शनिबार दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले दिएको जानकारी अनुसार धेरै प्रयासपछि गतबर्ष हात्तीपाइले बिरुद्धको औषधि सेवन गर्नेको संख्या दमकमा ६२ प्रतिशत पुगेको छ । यो भन्दा अगाडि झण्डै आधा भन्दा केहि बढिमात्र थियो ।
उनले समाजका अगुवा र पढेलेखेकाहरुले नै भ्रम फिजाएको पनि जनाए । उनले यो पटक सबैले औषधि खानेमा आशाबादी रहेको बताए । यो औषधिले अहिलेसम्म कहि कसैको ज्यान नगएको उनको भनाइ छ ।
दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले सबैलाइ औषधि सेवनका लागि आग्रह गरेकीछन् । दमकलाइ हात्तीपाइलेको जोखिमबाट मुक्त बनाउनका लागि औषधि सेवन गर्न जरुरी रहेको उनले बताइन् । उनले सामाजिक संघसंस्थाहरु पनि सहयोगको आग्रह गरीन् ।
दमकमा आउदो १५ गतेदेखि हात्तीपाइले रोग बिरुद्धको औषधि सेवन अभियान शुरु हुन लागेको जानकारी दिइएको छ । यसमा कम्तिमा पनि ८० प्रतिशत नागरिकले औषधि सेवन गर्नु पर्नेमा जोड दिईएका थियो ।









