काठमाडौं- गृह मन्त्रालयले नेपाल प्रहरीका १४ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हरूको सरुवा गरेको छ ।
प्रहरी उपरिक्षक (एसपी) बाट भर्खरै बढुवा भएका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हरुलाई गृह–मन्त्रालयले आइतवार पदस्थापन गरेको हो ।
सरुवा हुने एसएसपीहरूमा विश्वराज पोखरेल, राजेशकुमार लाल कर्ण, देब बहादुर बोगटी, प्रकाश अधिकारी, श्यामलाल ज्ञवाली, डा. गणेश रेग्मी, रामदत्त जोशी तथा दिपक थापा रहेका छन् । त्यस्तै मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्रचार्य, पोषराज पोख्रेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर र भिमप्रसाद ढकाल रहेका छन् ।













