दमक/झापाको दमकका मुख्य क्षेत्रहरुमा सोलारबत्ती जोडिएको बर्षदिन बित्न नपाउदै समस्या हुन थालेको बताईएको छ । यस बिषयमा दमक नगरपालिकाको नगरसभामा समेत कुरा उठेको छ ।

वडा नं. ५ का वडा सदस्य दुर्गा पौड्यालले सोलार बत्तीको बिषयमा नगरसभामा कुरा उठाएकाहुन् । उनले सोलाबत्ती जडान भएको तर अहिले ति बत्ती नबलेको भन्दै त्यस बिषयमा हेर्ने कस्ले भन्दै प्रश्न गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक चोकमा एकैछिनमा सोलारबत्ती धिपिकधिपिक गर्ने गरेको स्थानीयहरुले पनि बताउदै आएका थिए । प्रभावकारी अनुगमन नहुँदा गुणस्तरहिन सामाग्रि प्रयोग हुँदा यो अवस्था आएको बताइन्छ ।