सायद टिपर र ट्याक्टर साहुहरुको राज्य यहाँ छ, जसका कारण उनिहरुलाइ यहाँ जे गर्न पनि छुट छ
विष्णुप्रसाद पोखरेल दमक/झापाको दमक र आसपासको क्षेत्रमा प्रशासन भन्दा बलिया टिपर र ट्याक्टर सञ्चालकहरु भएकाछन् । जसलाइ कानून तथा नियम नमान्ने छुट रहेको जस्तो देखिएको छ ।टिपर र ट्याक्टरको डालीभन्दा माथि बालुवा र ढुंगा हालेर सडकमा हुइकिदासम्म कार्वाही हुन सकेको छैन । सडकमा रहेको प्रहरी र ट्राफिक समेत निरिहजस्तै देखिने गरेको छ ।
टिपरको डालाभन्दा माथिसम्म बालुवा र गिटी हुँदा मोटरसाइकल तथा साइकल चालकलाइ सबैभन्दा ठुलो पीडा हुने गरेको छ । आँखामा फुसफुस बालुवा झर्दा आँखामा परेर दुर्घटना हुने सम्भावाना पनि रहन्छ ।
त्रिपालले छोपेको नाटक भएपनि त्यो छोपिएको हूँदैन र पछाडि बालुवा झरिरहेको हुन्छ, रतुवापुलपारी मोटरसाइकल रोकेर आँखा पुस्दै गरेका गौरादहका श्याम निरौलाले भने ।
टिपर र ट्याक्टरको पछाडि पर्यो भने ज्यान बच्लाकी नबच्ला भनेर चिन्ता गर्ने अवस्था आएको छ, उनले भने । सायद टिपर र ट्याक्टर साहुहरुको राज्य यहाँ छ, जसका कारण उनिहरुलाइ यहाँ जे गर्न पनि छुट छ, उनले आक्रोशित हुदै भने ।
टिपर तथा ट्याक्टलाइ त डालीभन्दा माथि बालुवा तथा डुंगा बोक्नु ट्राफिक नियम बिपरीत हो । डालाभन्दा माथि नबोक्ने न टिपर भेटिन्छन् न ट्याक्टरनै, सबै मिलोमतो छ, कमल गाँउपालिकाका रोशन श्रेष्ठले भने ।










