दमक/दमक नगरपालिकाका पुर्व कार्यकारि अधिकृत एवं प्रधानमन्त्री केपी शर्मा ओलीका नीजि सचिब युवराज दाहालको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको बताईएको छ।
फुङलिङ नगरपालिका १०, काफ्लेपाटी फुरुङ्गे सिस्नेखोला नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो।
दाहाल दमकमा लामो समयसम्म कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए भने दमकका ठुला योजनाहरु उनको सोच थियो ।










